दफा १०ज
बक्यौता अन्त:शुल्कको असुली
यस ऐन बमोजिमको म्यादभित्र बुझाउनुपर्ने अन्त:शुल्क कुनै व्यक्तिले नबुझाएमा सम्बन्धित अन्त:शुल्क अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई असुल गर्न सक्नेछः-

(क) त्यस्तो व्यक्तिलाई फिर्ता गर्नुपर्ने कुनै रकम भए त्यसमा कट्टा गरेर

(ख) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था प्रदेश सरकार वा प्रदेश सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय तहबाट त्यस्तो व्यक्तिले पाउने रकमबाट कट्टा गर्न लगाएर

(ग) त्यस्तो व्यक्तिको बैङ्क वित्तीय वा अन्य संस्थामा रहेको हितबाट कट्टा गर्न लगाएर

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “हित” भन्नाले बैङ्क वित्तीय वा अन्य संस्थामा रहेको निक्षेप तथा लगानीलाई समेत सम्झनु पर्छ ।

(घ) त्यस्तो व्यक्तिको बिक्री निकासी पैठारी र अन्य व्यवसाय रोक्का गरेर

(ङ) त्यस्तो व्यक्तिको चल तथा अचल सम्पत्ति कब्जा गरेर

(च) त्यस्तो व्यक्तिको चल तथा अचल सम्पत्ति सबै वा केही एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गरेर

(छ) मौज्दातमा रहेको वस्तु लिलाम गरेर ।